नेपाल सरकारलाई कोरियाले २ अर्ब अनुदान दिदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालसरकारलाई कोरियाले २ अर्ब अनुदान दिने भएको छ । कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर अर्थात नेपाली झण्डै दुई अर्ब अनुदान सहायता उपलब्ध गराउन सहमत भएको हो ।

नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले ‘कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने’ र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो ।

प्रत्येक आयोजनाका लागि ८० लाख लागि अमेरिकी डलरका दरले यी दुई आयोजनाका लागि हस्ताक्षर भएको छ ।उक्त समझदारीपत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङसुक पार्कले हस्ताक्षर गरेका थिए ।

  • ७ आश्विन २०७९, शुक्रबार १६:१० प्रकाशित