हस्ताक्षरको लागी प्रधानमन्त्री देउवालाई बोलाउदैं आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोग बोलाउने तयारी भएको छ ।

मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ । त्यसका लागि देउवासहित
सहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार आयोगमा बोलाउने तयारी भएको हो ।

निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल र प्रतिवद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दैछ । उनीहरुलगायत अन्य पार्टीका नेतासँगको छलफलपछि आयोगले निर्णय गर्ने भएको छ । सम्भवत आइतबार प्रधानमन्त्रीको समय मिल्यो भने सोही अनुसार अन्य दलका नेताहरुलाई पनि बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर आचारसंहिता लागु भएको घोषणा गरिने भएको छ ।

निर्वाचनको मतदान गर्ने मिति अव ५८ दिन बाँकी छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको तर त्यो लागु हुन आयोगले निर्णय गर्नुपर्ने बताए ।

  • ७ आश्विन २०७९, शुक्रबार १५:१२ प्रकाशित