पोखरा ।
गण्डकी प्रदेशमा दुई लाख ५४ हजार ५३६ परिवारका सात लाख ४६ हजार ९८९ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । जसमा अति गरिविको रेखामुनि रहेका सात हजार ६६० परिवार सहभागी छन् ।
महिला स्वास्थ्य स्वयमसेवीका दुई हजार ७६० परिवार सहभागी छन् भने एक लाख पाँच हजार १५ जना जेष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा समेटिएको स्वास्थ्य बीमा बोर्ड गण्डकीका संयोजक जीवलाल खरेलले जानकारी दिए ।
उनका अनुसार एचआइभि संक्रमित एक हजार ७९ परिवार, कुष्ठरोगी ६२ परिवार, अति असक्तका (रातो कार्ड भएका) तीन हजार ७११ परिवार र एमडीआर आइवी ११ परिवार स्वास्थ्य विमा कार्यक्रममा सहभागी छन् ।
हालसम्म कम्तिमा पनि १० लाख जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराइने लक्ष्य भएपनि त्योभन्दा थोरै जनसंख्या स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको संयोजक जीवलाल खरेलले जानकारी दिए । स्वास्थ्य बीमा र यसबाट प्राप्त हुने लाभका वियामा प्रयाप्त मात्र जानकारी गराउन सकिएको छैन ।
संयोजक खरेलका अनुसार कोरोना संक्रमण, पालिकाहरुमा प्रयाप्त मात्रामा सेवा प्रदायक अस्पताल नहुनु, सरकारले अति गरिवीको परिचय पत्र बाँढ्न गरेको ढिलाई लगायतका विविध कारणले अपेक्षीत रुपमा प्रदेशवासीहरु स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन नसक्नुका मुख्य कारण हुन् ।
स्वास्थ्य बीमा ऐनमा राष्ट्रसेवक कर्मचारीलाई पनि स्वास्थय बीमा कार्यक्रममा अनिवार्य सहभागी गराउने प्रावधान रहेपनि चाहना अनुरुप मात्र सहभागी गराइएको उनले बताए ।
गण्डकी प्रदेशका यि स्वास्थ्य संस्थामा बीमा कार्यक्रम मार्फत सेवा लिन सक्नुहुन्छ ।