जाजरकोट ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् ।
नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् ।
जाजरकोटको नलगाड नगरपालिका-६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच।जी।लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरीले जनाएको छ ।
नेकपा (बहुमत)का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।
पक्राउ परेका नेता सिंहलाई विना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ ।