पोखरामा माओवादी र एमाले निकट विद्यार्थी संगठनबीच झडप

केन्द्रभाग मिडिया

पोखरा ।

राजनीतिक दलहरु यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको कदमको पक्ष र विपक्षमा उत्रिएका छन् । सत्तारुढ गठबन्धन राष्ट्रपतिको कदमप्रति रुष्ट बनेको छ भने एमाले, राप्रपा नेपाल लगायतका केही दल भने राष्ट्रपतिको कदमको पक्षमा खडा भएका छन् ।

हिजो देशका अधिकांशमा जिल्लामा राष्ट्रपति भण्डारीको निर्णयको विरोधमा राजनितिक दल निकटका विद्यार्थी युवा संगठन प्रर्दशनमा उत्रिए ।

यसैबीच यता पोखराको पिएन क्याम्पस गेट अघि हिजो साँझ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका युवाहरु प्रर्दशनमा उत्रिएका थिए । सो प्रर्दशनमा अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

झडपमा अखिल पक्षका युवाहरु घाईते भएका छन् । अखिलको प्रर्दशनलाई अनेरास्ववियुले बिथोल्न खोजेपछि झडप हुन पुगेको अखिलको आरोप छ । झडपमा अखिलका पिएन क्याम्पस कमिटीका अध्यक्ष काशिराम पौडेल, उपाध्यक्ष उमेश बि।क। सचिवालय सदस्य किरण खड्का, रुपा गाउँ पालिका अध्यक्ष प्रताप शाह उर्फ राणा, विशाल पुरी, अशोक यादव लगायत घाईते भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयकलाई दोस्रो पटक पनि प्रमाणिकरण नगरेपछि त्यसको विरोध जनाउदै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो ।

अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन समेत गरेको थियो । त्यस्को प्रतिकार गर्न भण्डारीको कदम स्वागत योग्य रहेको भन्दै दीप प्रज्वलन गर्न क्याम्पस गेट अगाडि पुगेको जनाइएको छ।

 

यसअघि अखिलको ठाउँमा अनेरास्वियु भएको मा समाचार पुन सच्चाइएको छ ।

तस्वीरहरु : अनिल सुनारको फेसबुकबाट

  • ६ आश्विन २०७९, बिहीबार ०९:५२ प्रकाशित