दुबईमा एक नेपालीले जिते ३५ करोड रूपैयाँको चिट्ठा

केन्द्र खबर

काठमाडौं ।

दुबईमा वैदेशिक रोजगारीका लागी गएका गुल्मीका ३१ वर्षीय भरत बि.कले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका भरतले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक हुन्।

मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भएका हुन्।

  • ६ आश्विन २०७९, बिहीबार ०९:२० प्रकाशित