राष्ट्रपतिको कदमविरुद्ध आज माइतीघरमा विरोध र्‍याली

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रपतिको कदमविरुद्ध आज विरोध र्‍याली प्रर्दशन हुने भएको छ । सत्ता गठबन्धनका युवा संघ संगठनले राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्‍याली गर्ने भएको हो।

सत्ता गठबन्धनका युवा संघ संगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका हुन्। राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिए पछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।

लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन् । संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ ।

  • ६ आश्विन २०७९, बिहीबार ०९:०१ प्रकाशित