अनेरास्ववियुले जलायो राष्ट्रपति भण्डारीको पुत्ला

केन्द्र खबर

File photo

काठमाडौं ।

नागरिकता प्रमाणीकरण नगरेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो ।

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिनन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।

  • ५ आश्विन २०७९, बुधबार १६:४१ प्रकाशित