कवाडी गोदाममा आगलागी : ३ जना जले

केन्द्र खबर

काठमाडौं ।

ललितपुरको धोविघाटमा आगलागी हुदाँ ३ जना जलेर घाईते भएका छन् । कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ती ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ ।

आगलागीमा जलेका उनीहरुलाई तत्कालै उद्धार गरेर स्टार अस्पताल सानेपामा लगिएको र त्यहाँ प्राथमिक उपचारपछि कीर्तिपुर पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

  • ५ आश्विन २०७९, बुधबार १६:३० प्रकाशित