बालुवाटारमा जम्मा भए गठबन्धनका नेता : राष्ट्रपतिको कदमको विषयमा छलफल हुदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपतिबाट नागरिकता विद्येयक प्रमाणीकरण नभएपछि सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको जनाइएको छ ।

संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ ।

  • ५ आश्विन २०७९, बुधबार ०९:२४ प्रकाशित