काठमाडौं जान मानेनन् डा. केसी

केन्द्रभाग मिडिया

file photo

धनगढी ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि काठमाडौं पठाउने तयारी भइरहँदा डा.गोबिन्द केसीले काठमाडौं जान इन्कार गरेका छन् ।

स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा। गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।

 

  • ४ आश्विन २०७९, मंगलवार १६:०७ प्रकाशित