गठबन्धन बैठक : सिट बाँडफाँटको ठोस निर्णय लिदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँटका लागि अन्तिम कसरत गरिरहेका छन् ।

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको एक चरणको बैठक सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको बैठकमा सहभागी नेताहरुले जनाएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको अनुसार अहिले बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको हो । आजै बेलुका चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको छ ।

नेता खनालका अनुसार अवको एक दुई दिनभित्रै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सिट बाँडफाँट टुङ्ग्याउने गठबन्धनको तयारी छ ।

  • ४ आश्विन २०७९, मंगलवार १५:२३ प्रकाशित