अनसनरत केसीको स्वास्थ्य नाजुक : स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी

केन्द्रभाग मिडिया

file photo

धनगढी ।

९ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झनै बिग्रिएको छ।

स्वास्थ्य सेवा सुधारका माग राखेर अनसरन बसीरहेका केसीको स्वास्थ्य स्थिती नाजुक बन्न थालेपछि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी भएको छ ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

  • ४ आश्विन २०७९, मंगलवार १४:१८ प्रकाशित