मेयर बालेन र हर्क सहितका मेयर उपमेयरलाई जरिबाना (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले पछिल्लो समय निकै चर्चामा आएका काठमाडौंका मेयर बालेन्द्र साह(बालेन) र धरानका मेयर हर्क साम्पाङलगायतका मेयर उपमेयलाई जरिवाना तिराउने भएको छ ।

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत समयमै खर्च विवरण नबुझाएको भन्दै उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाउनेहरुमा मेयर बालेन र हर्कको नाम पनि रहेको छ ।

आयोगको शुक्रवार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

खर्चको विवरण नबुझाउनेमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहसँगै उपमेयर सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा कार्की, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्य रहेका छन् ।

निर्वाचन खर्चको विवरण बुझाउनेमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ रहेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसहित ७ उपमहानगरपालिकाका ११ जना मेयररउपमेयरले जनही साढे ५ लाख रुपैयाँ जरिबाना तिनुपर्ने भएको छ ।

खर्च विवरण नबुझाउने महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारले जनही तीन लाख, उपमहानगरका वडाअध्यक्ष तथा सदस्यले जनही साढे दुई लाख र नगरपालिकाका मेयर तथा उपमेयरले ४ लाख ५० हजार तथा वडाअध्यक्ष, सदस्यले दुई लाख रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले जनही साढे तीन लाख र वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदरवारले १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र तोकिएको जरिबाना नतिरे उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने निर्वाचन आयोगले जनाएको छ ।

खर्च विवरण नबुझाउने मेयर उपमेयरको खर्च विवरण यहाँ क्लिक गरेर हेर्नुहोस् ।

  • ४ आश्विन २०७९, मंगलवार १०:२६ प्रकाशित