बन्दसूचीको छानबिन आजदेखि : ४८ राजनीतिक दलले गराए उम्मेदवार दर्ता

केन्द्र खबर

काठमाडौं ।

निर्वाचन आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने भइको छ ।

आगामी निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समयावधि हिजो सकिएको छ । दुई दिन दिइएको समयमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।

आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन् ।

  • ४ आश्विन २०७९, मंगलवार ०९:०९ प्रकाशित