देशका अधिकांस ठाउँमा वर्षा, तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना  छ।

  • ४ आश्विन २०७९, मंगलवार ०६:२९ प्रकाशित