काठमाडौं ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ । एमाले नेतहरु सूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।
समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यसहितको टोली आयोग पुगेको हो । एमालेले पादाधिकारीलाई समानुपातिकको सूचिमा समावेश नगरेको जनाएको छ ।