माओवादीको समानुपातिक सूचीमा बाबुरामको पार्टीका ५ जना

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरु निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि सूची बुझाएका हुन् ।

माओवादीको बन्द सूचिमा डा. बाबुराम भट्टराईको पार्टीबाट पनि उम्मेदवार सिफारीस गरिएको छ ।

माओवादी नेता वर्षमान पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ ।

प्रतिनिधिसभामा भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको पुनले बताए ।

  • ३ आश्विन २०७९, सोमबार १७:३९ प्रकाशित