संविधान दिवसको अवसरमा कास्की कारागारका २१ कैदी रिहा

केन्द्र खबर

पोखरा ।

संविधान दिवसको अवसरमा जिल्ला कारागार कास्कीमा सजाय भोगिरहेका २१ जना कैदी छुटेका छन् ।

संविधान दिवसको अवसरमा सजाय माफी भई कास्की कारागारबाट २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए ।

रिहा हुने कैदीहरुमा बहुविवाहमा महिला २, पुरुष २, कर्तव्य ज्यानमा ८, सवारी ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, चोरीमा ३ र मुद्रामा १ जना रहेका छन् । कास्की कारागारमा हाल ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले कैद भुक्तान गरिरहेका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कारागारमा कैद सजाय भोगिरहेका मध्ये ६८१ को कैद कट्टा गरेकी हुन् । भने २१ जनाको सजाय माफी गरेकी हुन् ।

  • ३ आश्विन २०७९, सोमबार १४:४९ प्रकाशित