धनगढी ।
कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको अनुसार आइतबार साँझ तीन जनाको शव भेटिएको हो। शव सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ ।