निर्माण व्यवसायीलाई पोखरा महानगरको चेतावनी : अवैध संरचना निर्माणमा सहभागी भए कारबाही

केन्द्र खबर

पोखरा ।
पोखरा महानगरपालिकाले पोखरा महानगरभित्र रहेका निर्माण व्यवसायीलाई एक चेतावनी सहितको सुचना जारी गरेको छ । निर्माण व्यवसायी अवैध संरचना निर्माणमा सहभागी भए कारबाही हुने भन्दै महानगरले सूचना जारी गरेको छ ।

महानगरले पोखराभित्र निर्माण हुने संरचना मापदण्डभित्र छ कि छैन, वैद्य हो कि होइन भनि यकिन गरेर मात्रै सेवा प्रदान गर्न निर्माण व्यवसायीलाई सचेत गराउँदै आज एक सुचना जारी गरेको हो ।

अन्यथा अनधिकृत वा मापदण्ड विपरितका सरंचना निर्माणमा सहभागी भएको पाइएमा कानुनबमोजिम कारबाही हुने महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ। निर्माण कार्यमा सहभागी सवारी साधन लगायतका सामाग्रीहरु पनि नियन्त्रणमा लिइने सुचनामा उल्लेख गरिएको छ।

 

  • २ आश्विन २०७९, आईतवार १५:५३ प्रकाशित