महिला साफ : आज दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशको लागि नेपालले भारतको सामना गर्दैछ । आज दोस्रो सेमिफाइनल खेल हुन लागेको हो । आज घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ : ३० बजेबाट सुरु हुनेछ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्न चाहन्छन् ।यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् ।

  • ३१ भाद्र २०७९, शुक्रबार ०९:५७ प्रकाशित