पोखरा ।
नेकपा एमाले निकट तमु संघको अध्यक्षमा वेदबहादुर गुरुङ (श्याम) निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रिक तमु संघको पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले उनको अध्यक्षतामा १ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।
समितिमा ७ उपाध्यक्ष र ६ सचिव छन् । बागमती उपाध्यक्षमा ओमकुमार गुरुङ, प्रदेश नं. १ र मधेस प्रदेशमा चक्रबहादुर गुरुङ, गण्डकीमा हुमबहादुर गुरुङ, लुम्बिनी–कर्णाली–सुदूरपश्चिममा प्रेमबहादुर गुरुङ र प्रवासमा गमबहादुर गुरुङ निर्वाचित भए । महिला उपाध्यक्षमा मिना गुरुङ र शर्मिला गुरुङ चयन भएका छन् ।
सचिवतर्फ सुरेन्द्र गुरुङ, ओमबहादुर गुरुङ, सूर्यप्रसाद गुरुङ, सूर्यबहादुर गुरुङ, खगेन्द्र मेघी गुरुङ र सिताराम गुरुङ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । सहसचिवमा शम्भु गुरुङ, कोषाध्यक्षमा बैनबहादुर गुरुङ र सह कोषाध्यक्षमा देवकुमारी गुरुङलाई छनोट गरिएको हो ।
संघको लेखा आयोगको अध्यक्षमा विष्णुकुमार गुरुङ र अनुशासन आयोगको अध्यक्षमा भरतबहादुर घले गुरुङ चयन भएका छन् ।