काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको १५ वर्षे शासनकालमा धेरैले पार्टी छाडेको बताएका छन् । उनले आफू भने अपमान सहेर पार्टीमै बसेको बताए ।
२०५० सालमा विदेश विभाग सदस्यबाट अपमानजानक हटाइएपछि पार्टी छाडेका राजेन्द्र प्रधानलाई २९ वर्षपछि एमालेमा स्वागत गर्दै ओलीले राजेन्द्रको भन्दा बढी आफूले अपमान सहे पनि पार्टी नछाडेको बताए ।
ओलीले भने, ‘म संसदीय दलको उपनेता थिएँ । चलन अनुसार नेमप्लेट टाँसिएको थियो । अर्कोपटक आएर दलको कार्यालयमा कुर्सीमा बस्न खोज्दा कर्मचारीले आएर बाहिर नेमप्लेट हेर्नुभएन रु अर्कै आइसक्नुभएको छ भने । मैले यसो बाहिर हेरेको उपनेताको नेमप्लेटमा अर्कैको नाम आइसकेछ । यस्ता त दैनिक हुन्थे, अहिले एउटा विभाग प्रमुख हुन्थेँ एकछिनमै हटिसकेको हुन्थेँ ।’