दमौली ।
तनहुँमा कांग्रेस छाडेका विश्व बाँस्तोला वरिष्ठ नेता रामचन्द्रविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा पार्टीले योगदानअनुसार टिकट वितरण नगरेको भन्दै बास्तोलाले नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा दिएका थिए ।
आफू अहिले कुनै दलमा नभएकाले स्वतन्त्र उम्मेदवारी दिने उनले बताएका छन् ।तनहुँ १ बाटै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि चुनाव लड्ने तयारी गरिरहेका छन् ।