पोखरा ।
अहिले देशका अधिकांश जिल्लामा वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार अबको तीन दिन वर्षाको सम्भावना रहेकाले पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने सम्भावना अधिक रहेको छ ।
पछिल्लो ३ घण्टामा नवलपरासी जिल्लाको परासी, रुपनदेही जिल्लाको भैरहवा, सुर्यपुरा, कपिलवस्तु जिल्लाको तौलिहवा, बाणगङ्गा, पाल्पा जिल्लाको तानसेन, नवलपुर जिल्लाको देउराली नवल, दाङ जिल्लाको कोइलाबास, लालमाटिया, लमही र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ ।
आज कास्की, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, पाल्पा,गुल्मी, बागलुङ, प्युठान, म्याग्दी, सिन्धुली, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ,बाँके,बर्दिया, सुर्खेत, अछाम, डोटी, कैलाली,कञ्चनपुर,डडेल्धुरा, बैतडी, दार्चुला लगायतका जिल्लाका नदी तथा खोलामा बाढी आउन सक्ने उच्च जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले अर्लट जारी गरेको छ ।
आगामी तीन दिन नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई, तिनाउका साना तथा ठुला नदीमा आकस्मि बहाब बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।