आजदेखि नेपालमा यस्ता मोबाइल नचल्ने !

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि दर्ता नभएका मोबाइल नचल्ने जनाएको छ । दुरसञ्चारले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गर्दै सो कुराको जानकारी दिएको हो।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्नका लागि आजदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

यो प्रणाली कार्यान्वयन भएसँगै अब नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभए वा नगरेमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।

प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।

मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि  MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।

मोबाइल आयातकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

  • ३० भाद्र २०७९, बिहीबार ०९:१५ प्रकाशित