आज स्वदेश फर्किँदै चिनियाँ नेता ली चान्सु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार नेपाल भ्रमणका लागि आएका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने भएका छन् । नेपाल आए लगत्तै ली उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भए।

नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

  • ३० भाद्र २०७९, बिहीबार ०८:५२ प्रकाशित