काठमाडौं ।
०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो निर्वाचनमा फेरि उम्मेदवार बन्न पाउने भएका छन् ।
निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार ०७४ को बन्द सूचीमा रहेका व्यक्ति आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् ।
सबै दलको सहमतिमा समानुपातिक तर्फको बन्द सूचीमा उम्मेदवार रहेका सबैको नाम निर्वाचन आयोगले नै हटाउने सहमति भएको कांग्रेस सचिव केशव रिजालले बताए ।
उनका अनुसार दलहरुले ०७४ मा बन्द सूचीमा रहेका सबै नाम हटाउने अधिकार आयोगलाई दिएका छन् । योसँग १८ हजार फेरि उम्मेदवार हुन पाउने भएका हुन् ।