देउवा भन्छन् ,‘दिगो विकासका लागि नेपाललाई १९ बिलियन डलर चाहिन्छ’

केन्द्र खबर

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई दिगो विकास गर्नका लागि १९ बिलियन अमेरिकन डलर चाहिने बताएका छन्।

लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन सो रकम चाहिने बताएका हुन् ।

‘नेपालले सन २०४५ सम्म जिरो कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । यसकालागि ठुलो रकम चाहिन्छ’, प्रधानमन्त्री देउवाले भने ।उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आग्रह समेत गरे ।

लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरममा लगानीकर्ता सहजीकरणको लागि तयार पारिएको वान स्टेप सर्भिस वेबसाइटको पनि उद्घाटन गरिएको छ ।

  • २९ भाद्र २०७९, बुधबार १५:४१ प्रकाशित