काठमाडौं ।
अनधिकृत संरचना हटाउन तीव्ररुपमा एक्सनमा उत्रिएको काठमाडौं महानगर विरुद्ध फुटपाथ व्यवसायीले प्रर्दशन गर्ने भएका छन् ।
कामपाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको हो । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै प्रदर्शन गर्ने गर्न लागेको हो ।
संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने छन् ।
जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।