अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

केन्द्रभाग मिडिया

File photo

म्याग्दी ।

म्याग्दीको बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा आएको छ । गत जेठ अन्तिम साता बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण बेनी–भकिम्ली सडक अवरुद्ध बनेको थियो ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो ।

पहिराले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए ।

  • २९ भाद्र २०७९, बुधबार ०९:३४ प्रकाशित