निर्वाचन आयोगले असन्तुष्ट १२ पार्टीलाई छलफलमा बोलायो

केन्द्र खबर

काठमाडौं ।

निर्वाचन आयोगले १२ राजनीतिक पार्टीलाई छलफलको लागि बोलाएको छ ।

राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति दलहरुले असन्तुष्टि जनाएसँगै आयोगले उनीहरुलाई छलफलका लागि बोलाएको हो । आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको हो ।

आज बुधबार १२ बजे आयोगको कार्यालयमा छलफलका लागि सवै दललाई नभएर १२ वटा राजनीतिक दललाई मात्र बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने आचारसंहिता राजपत्रमा प्रकाशन गरेपछि सत्तारुढ र प्रमुख प्रतिपक्ष दुवैले असन्तुष्टि जनाएका छन् ।

  • २९ भाद्र २०७९, बुधबार ०८:५० प्रकाशित