काठमाडौं ।
जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आधा घण्टामै काठमाडौं फर्किएको छ ।
जहाजबाट धुवाँ आएपछि जहाज आधा घण्टामै फर्किएको विमानस्थल कार्यालयले जनाउको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएको थियो । जहाजमा १ सय ८४ यात्रु नारिताका लागि यात्रा गरिरहेका थिए ।
गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।