तमलोपा र सद्भावना पार्टीबीच चुनावी तालमेल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ ।

दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले सो निर्णय गरेको नेपाल सद्भावना पार्टीका सहमहासचिव डा।रविन्द्र कुमार चौधरीले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवारी दिने निर्णय भएको उनले बताए ।

  • २८ भाद्र २०७९, मंगलवार १६:४५ प्रकाशित