प्रतिनिधिसभा बैठक भोलि बस्दै : सम्भावित कार्यसूची तय

केन्द्र खबर

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।

सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।

साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

  • २८ भाद्र २०७९, मंगलवार १६:३५ प्रकाशित