१६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार : तीन युवा पक्राउ

केन्द्र खबर

मुगु ।

मुगुमा १६ बर्षीया बालिकामाथि सामूहिक बलात्कारमा भएको छ । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि विस्तृत अनुसन्धान भइरहेको छ ।

  • २८ भाद्र २०७९, मंगलवार १४:५८ प्रकाशित