चिनियाँ नेता लीको विरोध गर्ने आशंकामा एकजना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका यादवले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सँगको भेटघाट पारदर्शी बनाउन माग गरेका थिए । लि आउनुअघि नै विज्ञप्ती जारी गरेर भेट पारदर्शी नभएर विरोध गर्ने चेतावनी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थपेर प्रहरी वृत बानेश्वरको हिरासतमा राखिएको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता शाहले बिनयलाई बिनाशर्त रिहा गर्न माग गरेकी छिन् । सोमबार नेपाल आएका लि उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

  • २८ भाद्र २०७९, मंगलवार १०:४६ प्रकाशित