आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना : यात्रा गर्दा सर्तकता अपनाउन आग्रह

केन्द्र खबर

पोखरा ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज २ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले भने प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । राती गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले बताएको छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

  • २८ भाद्र २०७९, मंगलवार ०९:०८ प्रकाशित