काठमाडौं ।
नेपालीको महान् चाड दशैंको मुखमा चामलको भाउ मंहगिएको छ । भारतले चामलमा कर बढाउने भएसँगै यता नेपालमा चामलको मूल्य बढिसकेको छ ।
भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्ने थाहा पाएसँगै थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् । भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।
थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको अध्यक्ष श्रेष्ठको भनाई छ । यस्तै, खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य पनि चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन् । भदौ पहिलो साता नै चामलको मूल्य बढ्नुको कारण भारतले निर्यातमा कडाई गर्दैछ भन्ने अनुमानका आधारमा भएको बुझिन्छ ।
खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरू भइसकेको बताउँछन् । भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेको उनको भनाई छ । भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ ।
‘