पोखरा ।
नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । एमाले निकट नेपाल लोकतान्त्रिक तमु संघो दोस्रो सम्मेलनलाई सम्बोधन गर्न ओली पोखरा आउन लागेका हुन् ।
ओली १२ः १० मा पोखरा विमानस्थल अवतर गर्ने कार्यक्रम छ । १२ः ३० मा पोखरा सभागृहमा हुने कार्यक्रमा ओली सहभागी एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।
सम्मेलन सुरु हुन पहिले मानवअधिकार चोकमा जम्मा भई र्याली सहित सभागृहमा पुग्ने संयोजक बेद बहादुर गुरुङले जनकारी दिए ।