सत्याग्रह सुरु गर्दै गर्दा भक्कानिए गोविन्द केसी

केन्द्रभाग मिडिया

सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसीले धनगढीमा सोमबार साँझ सत्याग्रह सुरु गरेका छन् । उनले सोमबार साँझ साढे ५ बजेदेखि धनगढी एलएन चोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा आफ्नो २० औं पटकको सत्याग्रह सुरु गरेका हुन् ।

सत्याग्राह सुरु गर्नु अघि पत्रकारहरुसँग कुरा गर्दै उनले विगतका सरकारले झै अहिलेको सरकारले पनि आफ्नो मागलाई बेवास्ता गरेको बताए । बाध्य भएर आफूले सत्यागाहको बाटो रोज्नुपरेको उनको भनाइ थियो ।

उनले भने, ‘शीर्ष नेताहरु चाहे ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका करबाट उपचार गराउन विदेश जाने तर उनीहरुलाई भोट दिइ नेता बनाउने गरिब नागरिकहरु उपचार नपाइ मर्नुपर्ने रु गरिबको बाँच्ने अधिकार छैन, यो अवस्थामा म मरे मर्छु । एक जना मर्दैमा के हुन्छ रु आमनागरिकहरु त्यतिकै मरिरहेका छन् ।’

यति बोलेपछि उनी भक्कालिएका थिए । केही बेरपछि पुनः उनले भने, ‘म आफ्नो नैतिकलाई ठूलो मान्छु । त्यसैले मैले अहिलेसम्म आफ्नो सत्याग्रहको गरिमा गिर्न दिएको छैन । धेरै मान्छेले आफ्नो इच्छाले फालानो यो गर्छ ।’

  • २८ भाद्र २०७९, मंगलवार ०७:३५ प्रकाशित