काठमाडौं ।
गृह मन्त्रालयले हालसम्म सात जना मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ।
मन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले यही भदौ ७ देखि २६ गते सम्ममा ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भैरहेको जनाएका छन्।
सहसचिव भुसालका अनुसार यही अवधिमा ५९ जना मिटरब्याज पीडित मिटरब्याजीबाट मुक्त भएका छन्। एक महिनादेखि मिटर ब्याज पीडित किसानहरू माइतीघरमा धर्नामा छन्।
सोमबार मात्रै कीर्तिपुरदेखि माइतीघर मण्डलासम्म मार्चपास गर्न लागेका पीडितमाथि प्रहरीले हस्तक्षेप गरेका छ। त्यसक्रममा तीन जना घाइते भएका छन् भने आन्दोलनकारी सबैलाई हिरासतमा लिइएको छ।