मिटरब्याज पीडितमाथि लाठी चार्ज

केन्द्र खबर

काठमाडौं ।

मिटर ब्याजीबाट पीडितहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।न्याय खोज्दै काठमाडौं गएर आन्दोलनमा उत्रेका पिडित माथि आज प्रहरीले लाठी चार्ज गरेको हो ।

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं गएर प्रदर्शन गरिरहेका पीडितले आज माइतीघर मण्डल पुगेर आन्दोलन गर्ने तयारी गरेका थिए ।

कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

  • २७ भाद्र २०७९, सोमबार १३:४३ प्रकाशित