प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं।

गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सोमबार बिहानै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

दुइ मन्त्री प्रचण्डलाइै भेटन खुमलटार पुगेका थिए।भेटमा संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेका बेला संसदमा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका छन्।

  • २७ भाद्र २०७९, सोमबार १०:३१ प्रकाशित