पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनको मतगणना सकिदा प्रजापतीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मतले पछाडी पार्दै विजयी भएका हुन् । प्रजापतीले एक हजार ६१३ मतसहित अध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले आठ सय ९७ मत प्राप्त गरे ।

संघका निर्बाचनमा प्रजापती र पोखरेल प्यानल बनाएरै भिडेका थिए । अधिकांश पदाधिकारी र सदस्यमा प्रजापती प्यानलले जितेको छ ।

बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला विजयी भएका छन् । यी सबै पवन प्यानलका हुन् ।

अर्जुन प्यानलले उद्योग उपाध्यक्षमा मात्र पदाधिकारी जितेको छ । उद्योग उपाध्यक्षमा देवेन्द्र केसी विजयी भएका छन् । सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेको छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।

  • २६ भाद्र २०७९, आईतवार २०:२८ प्रकाशित