स्रष्टा समाजको सिर्जना वाचन कार्यक्रम सम्पन्न

केन्द्र खबर

पोखरा ।
स्रष्टा समाजको पुम्दी भुम्दी पोखरा २२ को नियमित सिर्जना वाचन कार्यक्रमको तेस्रो श्रृङखला सनिबार सम्पन्न भएको छ।

कार्यक्रममा कविहरु बुद्दी सागर बराल ,नन्दप्रसाद बराल,नन्दलाल बराल,नवराज बराल “निशान्त, गुरु प्रसाद बराल, प्रकाश बराल,टंक प्रसाद बराल, राजेश पौडेल, महेन्द्र बराल विपश्वी लगायतले आ–आफ्नो रचना बाचन गरेका थिए। कार्यक्रममा विभिन्न गायक तथा कलाकारहरुले गीत तथा हास्यव्यंग्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा निवृत्त शिक्षक टंकराज पौडेल, नारायण बराल,डिल्लीराम बराल लगाएतका समाजिक ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।

बुद्दी सागर बरालको सभापतीत्वमा सप्पन्न कार्यक्रममा संस्थाका परिकल्पनाकार कवि गोविन्द प्रसाद बरालको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न निर्णय समेत गरिएको छ।

जस अनुसार आगामी कार्यक्रम साबिक वार्ड नम्बर ४ मा स्थानीय संघ संस्था सग समन्वय गरेर गर्ने , साबिक पुम्दी भुम्दीका सबै वार्डमा पालै पालो कार्यक्रम गर्दै जाने ,आगामी दशैको अवशरमा पुम्दी भुम्दीका स्रष्टाहरु विच बिशेस भेला आयोजना गर्ने निर्णय गरिएको सो समाजले जनाएको छ ।

  • २६ भाद्र २०७९, आईतवार १०:३६ प्रकाशित