दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण गर्ने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।

अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ ।

हालसम्म ५ जनाको शव फेला परेको, १० जना बेपत्ता भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् ।

बेपत्ता भएकाहरूको आज पनि सुरक्षाकर्मी र स्थानीय नागरिकले खोजी कार्य गरिरहेको छ ।आजदेखि राहत वितरणसँग बाढीले थप क्षति नहोस् भनेर लास्कु खोलामा स्थायी तटबन्धन लगाउन सुरु गरिएको छ ।

 

  • २६ भाद्र २०७९, आईतवार ०९:२३ प्रकाशित