काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि हालतमा गठबन्धन नतोडिने बताएका छन्। कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उनको भनाई छ ।
कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको बताए ।
’गठबन्धनकै आडमा हामीले स्थानीय तह निर्वाचनमा राम्रो गर्यौ। पहिलो पार्टी बन्यौं। त्यसैले गठबन्धनको क्षमता निबिर्सौं। खोला तरेर लौरो नबिर्सिउँ,’ उनको छ ।
तरुण दलका पदाधिकारीहरुले मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका थिए। उनीहरुले कांग्रेस एक्लै लडेर पनि बहुमत ल्याउने दाबी गरेपछि गृहमन्त्री खाँणले उनीहरुलाई जवाफ फर्काएका थिए ।