पोखरा ।
गतवर्ष भएको नेकपा एमाले कास्कीको १० औँ अधिवेशनमा देशकै कान्छो जिल्ला सदस्यमा निर्वाचित भएका थिए–विवेक त्रिपाठी । एमाले कास्कीमा लोकप्रिय मतका साथ सदस्य जितेका उनै त्रिपाठी कास्की जिल्ला क्षेत्र नम्वर ३ मा अहिले प्रतिनिधि सभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् ।
उमेरले २७ काट्दै गरेका त्रिपाठी उमेदवार बन्ने आकांक्षीमध्यकै कान्छा हुन् । १० औँ अधिवेशनमा विद्यार्थी राजनीतिमा उमेर हद लागु गर्नु पर्ने भन्दै राजीनामा दिएर शक्रिय राजनीतिमा लागेका थिए ।
कम उमेरमै जिल्ला सदस्य बनेका त्रिपाठीको लक्ष्य प्रतिनिधि सभा सदस्य हुनु रहेको छ ।“देशभर बुढो पुस्ताले नेतृत्व ओगट्यो । युवाहरूलाई अवसर दिइएन भन्दै स्वतन्त्र अभियानदेखि नयाँ पार्टीहरू त्यही नारामा चलिरहेका छन् ,” त्रिपाठी भन्छन् “म जिल्ला सदस्यमा निवार्चीत भएर अहिले जिल्लाको आइटी विभाग प्रमुख भएर जिम्मेवारी सम्हालीरहेको छु । यसअघि संघीय युवा संञ्जाल को अध्यक्ष भएर देशभर युवाहरुलाई संसदीय अभ्यास वारे प्रशिक्षणको नेतृत्व गर्दे देशका विभीन्न पालिकाहरुमा पुगेको थिए । त्रिपाठीले भने “मैले अनेरास्वियुको इतिहासमा विद्यार्थीहरुको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषको सुरुवात गरे विद्यार्थी राजनीतीमा उमेर हद लागु गर्नु पर्ने भन्दै मैले विद्यार्थी राजनीतिवाट राजीनामा दिएको हुँ ।
अग्रजको विश्वास र युवाहरूको साथ भयो भने संघीय संसदमै गएर युवा पुस्ताको प्रतिनिधित्व गर्नेछु ।” उनी कुनै पनि जिम्मेवारी ठिक समयमा ठिक पात्रले पाउँदा मात्र त्यसको उपयोग हुने र व्यक्तित्व पनि बन्दै जाने कुरामा विश्वास गर्छन् ।
त्रिपाठीले भने पार्टीमा टिकट दिने विषयमा गुट उपगुट हेरेर भागबन्डा गर्नुभन्दा समाज र राष्ट्रले एतीवेला खोजेको उपयुक्त उमेदवारमा सहमति हुनुपर्ने पक्षमा छु । त्यसैले पनि आफूलाई कसैबाट पनि असहयोग नहुने उनको विश्वास छ । समाज शास्त्रमा स्नात्तकोत्तर त्रिपाठी अनेरास्ववियु हुँदै एमालेपाटीको मुल राजनीतिमा जोडिएका हुन् ।
२०६४ सालमा कास्कीको कालिका माध्यामीक विद्यालयबाट अनेरास्ववियुमा आवद्ध उनी अनेरास्ववियु क्षेत्रीय सचिव अध्क्षय हुदै केन्द्रीय सदस्य बनेका थिए । २०७७ सालमा केन्दीय सदस्य बनेका त्रिपाठीले २५ वर्ष उमेर हद विद्यार्थीमा लागु गर्नु पर्ने भन्दै राजीनामा दिएका थिए ।
१० औँ अधिवेशन पश्चात आइटि विभाग प्रमुख भएर काम गरेका उनीलाई जिल्ला राजनीतिमा काम गर्न र युवाहरुको आवाज वुझ्न सजिलो भएको बताउछन् । २०७५ सालमा देश भरका युवाहरुबाट संघीय युवा सञ्जाल केन्द्रीय अध्क्षयमा निवाचीत भएका उनीलाई राजनीतिमा काम गर्न र प्रभाव जमाउन सहज भएको उनको बुझाइ छ ।